जनकपुरबाट दुई कर्मचारी ४० हजार घुस रकमसहित अख्तियारको नियन्त्रणमा

 चैत १२, २०७५ मंगलबार २०:७:६ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - ४० हजार रुपैयाँ घुससहित जनकपुरमा दुईजना कर्मचारीलाई अख्तियारले नियन्त्रणमा लिएकाे छ ।

तराई जोवियम तथा घाँसेबारी बीउ-बिजन प्रयोगशाला जनकपुरधाममा कार्यरत वरिष्ठ पशु विकास अधिकृत डा.राम गुलाम यादव र पशु प्राविधिक जागेश्वर चौधरीलाई अख्तियारले मंगलबार दिउँसो घुससहित रंगेहात पक्राउ गरेका हुन् ।

दुवै जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट आएको अप्रेशन टोलीले जनकपुरको बिसहाराचोकबाट पक्राउ गरेको हो । काम सम्पन्न भएपछि भुक्तानी लिन गएका एक सेवाग्राहीबाट दुवै कर्मचारीले ४० हजार कमिसन लिएपछि पक्राउ गरेको टोलीले जनाएको छ ।

यसअघि भुक्तानी गर्नु अगाडि सेवाग्राहीसँग कमिसन मागेपछि सेवाग्राहीले आयोगलाई जानकारी गराएका थिए । नियन्त्रणमा लिइएका दुवै कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया