‘ओली सरकार पाकेको फर्सीजस्तै हो, कुनबेला बेलो चुँडिन्छ र झर्छ’

 चैत ३०, २०७५ शनिबार १२:१३:३० | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व श्रम मन्त्री रमेश लेखकले ओली सरकार आफै ढल्ने दाबी गर्नुभएको छ । 

वर्तमान सरकार पाकेको फर्सीजस्तो भएको टिप्पणाी गर्दै नेता लेखकले ओली सरकार पाकेको फर्सी भएकाले आफै झर्ने टिप्पणी गर्नुभयो । 

प्रेस युनियन ओखलढुंगाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले ‘अपराध र भ्रष्टाचारमा डुबेको सरकार फर्सी’जस्तो भएको बताउनुभएको हो ।  उहाँले भन्नुभयो, ‘फर्सी त आफै झर्छ, बेलो चुडिँयो भने खतरा हुनसक्छ ।’ उहाँले फर्सीलाई सरकार र बेलोलाई लोकतन्त्रका रुपमा व्याख्या गर्नुभयो । बेलो चुँडिन दिन नहुने उहाँको भनाइ छ ।  

पूर्व मन्त्रीसमेत रहनुभएका नेता लेखकले देशैभरि डोजरको खेती चलिरहेको बताउनुभयो । विकास निर्माणका नाममा भ्रष्टाचार भइरहेकाले यसमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि जोगिनु पर्नेमा जोड दिनुभयो । 

कार्यकर्ताहरुलाई एक घण्टा प्रशिक्षणसमेत दिनुभएका नेता लेखकले अहिलेको सरकारले चिल देखाएर कुखुरा खाने स्याल प्रवृत्तिको भएको आरोप लगाउनुभयो ।

सरकार पानीजहाज र रेलको सपनामा नागरिकलाई भुलाएर विकास होइन भ्रष्टाचार गर्न तल्लीन रहेको लेखकको भनाइ छ । सरकारका गतिविधिले राष्ट्रिय रुपमा नैराश्यता आएकाले नागरिकलाई निराश हुन नदिन का्रग्रेसले भूमिका खेल्ने उहाँले बताउनुभयो । 

ओखलढुंगा महोत्सवमा सहभागी हुन आएका नेता लेखकले कांग्रेसले चुनावमा हार व्यहोरेको समीक्षासमेत कार्यकर्तालाई सुनाउनुभयो । उहाँले टिकट वितरण, उम्मेदवार छनौट, दुई पार्टीको एकतालगायतका कारणले पार्टी हारेको बताउनुभएको छ । 
 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया