फेवाताल किनारबाट नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ

 चैत ३०, २०७५ शनिबार २०:४७:२६ | सुमन गुरुङ
unn.prixa.net

कास्की - पोखराकाे फेवाताल किनारबाट नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ गरिएको छ ।

सन् २०२० सम्ममा नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ पोखराबाट शुभारम्भ गरिएको कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गर्नुभएको हो ।

शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री गुरुङले २० लाख पर्यटक पुर्‍याउन चुनौतीपूर्ण भए पनि सम्भव भएको बताउनुभयो । संघीय सरकारको योजनामा गण्डकी प्रदेशले सक्दो सहयोग गर्ने पनि उहाँले बताउनुभयो ।

२० लाख पर्यटक पुर्‍याउन गण्डकी प्रदेशले कम्तिमा ८ लाख पर्यटक ल्याएर सहयोग गर्ने गुरुङले बताउनुभयो । संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्नकै लागि गण्डकी प्रदेशभित्र २ सय ३२ घरबास कार्यक्रम सुरु गरिसकेको पनि उहाले जानकारी दिनुभयो । 

शुभारम्भ कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज बैद्यले भ्रमण बर्षलाई सफल बनाएरै छोड्ने बताउनुभयो । नेपाल घुम्न आउने पर्यटकले पहिले नेपाल सगरमाथाको देश, बुद्धको जन्मेको देश भनेर सम्झिएर गएपनि अब मुस्कान सम्झिएर जाने बनाउने गरी अघि बढ्न उहाँले आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया