सप्तरीमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको ज्यान गयाे

 बैशाख १०, २०७६ मंगलबार १६:३०:३७ | शुभनारायण यादव

सप्तरी - सप्तरीमा मंगलबार भएको दुई छुट्टाछुट्टै घटनामा दुई जनाको ज्यान गएको छ ।

शम्भुनाथ नगरपालिका-४ मा रहेकाे पूर्व पश्चिम राजमार्गकाे सडकखण्डमा पिकअप भ्यानको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको हाे । पूर्वबाट पश्चिमतर्फ जादै गरेको को१च ८४०० नं.को पिकअप भ्यानले पैदल यात्री शम्भुनाथ नगरपालिका वडा न.-३ बस्ने ७० वर्षीय मखनि देवी थरुनीलाई ठक्कर दिइ घाइते भएकोमा उपचारको लागि लैजाँदै गर्दा बिच बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

ठक्कर दिने सवारी र चालक प्रहरीको नियन्त्रणमा रहेको तथा घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

त्यस्तै सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिकामा एक जनाको लडेर ज्यान गएको छ । हनुमाननगर कंकालिनी नगरपालिका वडा न.२ बस्ने ६५ वर्षीय फनिक लाल सदा त्यसै नगरपालिका-३ मा रहेको दिनानाथ भद्रि मन्दिरमा पूजा गर्न गएको बेला अचानक बेहोस भएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बेहोश भएका सदालाई तत्काल स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाइएकाे प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया