नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती

 बैशाख १३, २०७६ शुक्रबार १५:४६:२० | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – सीमा क्षेत्रमा हुने चोरी तस्करी तथा अपराध नियन्त्रणका लागि नेपाल र भारत दुवै पक्षबाट संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ । 

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट, डंगरी र सशस्त्र सीमा बल (एसएसबी) खुनुवाले सीमास्तम्भ संख्या ५५४ देखि देखि ५५७ स्तम्भ संख्यासम्म संयुक्त सुरक्षा गस्ती गरेका हुन् । 

गस्तीका क्रममा सीमा क्षेत्रमा भइरहेको बढ्दो चोरी तस्करीलाई नियन्त्रण, सीमा स्तम्भको अवस्था र सीमा अतिक्रमणका साथै सीमाको किनारमा बस्दै आएका बासिन्दाको सुरक्षा समस्याबारे छलफल गरिएको छ । 

सशस्त्र प्रहरी सहायक निरीक्षक बलिराम यादवको नेतृत्वमा रहेको नेपाली टोली र भारतीय सशस्त्र सीमा बल एसएसबीको सशस्त्र प्रहरी सहायक निरीक्षक अरविन्द सिंहको नेतृत्वमा रहेको संयुक्त टोली गस्तीमा सहभागी थिए । गस्तीमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सीमा बल एसएसबी खुनुवाका आठ आठ जना सुरक्षाकर्मीको सहभागिता रहेको थियो ।

यसखाले सीमा गस्ती नियमित रुपमा सञ्चालन गरिने सशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारीले बताउनुभयो । संयुक्त सीमा गस्तीबाट सीमा क्षेत्रमा हुन सक्ने अपराधिक गतिविधि नियन्त्रण हुने अपेक्षा गरिएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया