कर्णाली प्रिमियर लिगः साविक विजेता त्रिभुवन आर्मी फाइनल प्रवेश, उपाधिका लागि बुटवलसँग खेल्ने

 बैशाख २०, २०७६ शुक्रबार २०:४३:३८ | मुना हमाल
unn.prixa.net

सुर्खेत - साविक विजेता त्रिभुवन आर्मी क्लब दोस्रो संस्करणको कर्णाली प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको सेमिफाइनलमा शसस्त्र प्रहरी बलको एपीएफलाई १ विकेटले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । 

टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले १८ ओभरमा सबै विकेट गुमाएर ८६ रन बनाएको थियो । उसका लागि शरद भेषवाकरले ३०, भुवन कार्कीले १९ र पुरण विकले १३ रनको योगदान दिए । बलिङतर्फ आर्मीका सोमपाल कामीले ३, सुशन भारीले २ तथा जितेन्द्र मुखिया र शाहब आलमले एक-एक विकेट लिए ।

 जवाफमा त्रिभुवन आर्मी क्लबले १७ दशमलब ४ ओभरमा ९ विकेट गुमाएर ८७ रनकाे लक्ष्य भेटायाे । आर्मीलाई जित दिलाउन सोमपाल कामीले ३१ तथा रोहित कुमार पौडेल र जितेन्द्र मुखियाले १२-१२ रनको योगदान दिए ।

बलिङतर्फ एपीएफका कमलसिंह ऐरी र यज्ञमान कुमालले २-२ तथा अमरसिंह रौतेला, भुवन कार्की र शरद भेषावकरले १-१ विकेट लिए । खेलका म्यान अफ द म्याथ आर्मीका सोमापाल कामी भए । 

उपाधिका लागि अब आर्मीले न्यु होराइन बुटवलसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । आजै भएको पहिलो खेलमा कर्णाली–११ लाई ३ विकेटले पराजित गर्दै बुटवल फाइनलमा पुगेको हो ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया