प्रदेश २ मा भाेलि सार्वजनिक बिदा

 बैशाख २९, २०७६ आइतबार १८:४३:४९ | शैलेन्द्र महतो

धनुषा - जानकी नवमीको अवसरमा भोलि सोमबार प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जानकी नवमी धुमधामसँग मनाउन प्रदेश सरकारले प्रदेशभित्र सार्वजनिक बिदा घोषणा गरेको हो ।

मुख्यमन्त्री लालबाबु राउतले आइतबार विज्ञप्ति जारी गर्दै सोमबार परेको जानकी नवमी भव्यता एवं हर्षाेल्लासपूर्वक मनाउन बिदाको घोषणा गर्नुभएको हो । उहाँले जानकी नवमीको सबैमा शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

साेमबार जनकपुरमा धुमधामसँग मनाइने जानकी नवमी पर्वमा राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सहभागी हुनुहुनेछ । उहाँले जानकी मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको जानकी मन्दिर व्यवस्थापन पक्षले जनाएको छ ।  

वैशाख शुक्ल नवमीको दिन आदर्श नारी सीताको मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी धुमधामसँग मनाउने गरिन्छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया