सूचना प्रविधिको खतरालाई ध्यानमा राख्दै अमेरिकामा राष्ट्रिय आपतकालको घोषणा

 जेठ २, २०७६ बिहिबार ८:४२:११ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको कम्प्युटर नेटवर्कलाई 'विदेशी विरोधी' बाट जोगाउन राष्ट्रिय आपतकालको घोषणा गरेका छन् । 

राष्ट्रिय सुरक्षाको खतरालाई ध्यानमा राख्दै ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्, जुन आदेशमा अमेरिकी कम्पनीहरुलाई विदेशी दूरसञ्चार सेवाको उपयोग गर्न प्रतिबन्ध लगाइएको छ ।  

आदेशमा कुनै पनि कम्पनीको नाम उल्लेख नगरिएको भए पनि यो आदेशले चीनको बहुराष्ट्रिय दूरसञ्चार उपकरण र उपभोक्ता इलेक्ट्रोनिक्स निर्माता कम्पनी हुवावेलाई लक्षित गरेको बताइएको छ । 

यद्दपी हुवावेले भने अमेरिकामा आफ्नो व्यापार बन्द गर्दा अमेरिकी उपभोक्ता र कम्पनीलाई आघात पुग्ने बताएको छ । 

अमेरिकाको नेतृत्वमा अन्य धेरै देशहरुले पछिल्लो केही महिनादेखि हुवावेको उत्पादन चीनले निगरानीको लागि प्रयोग गरिरहेको आरोप लगाउँदै आएका छन् । 

अमेरिकाले आफ्ना सङ्घीय निकायहरूलाई हुवावेको उत्पादन प्रयोग गर्नबाट बर्जित गरेको छ। अमेरिकाले आफ्ना सहयोगीमाथि पनि हुवावेको 'फाइभ जी' नेटवर्कको सेवाबाट टाढा बस्न दबाब दिँदै आइरहेको छ ।
 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया