पर्यटकका लागि खुला हुँदै अन्तर्राष्ट्रिय स्पेस स्टेसन !

 जेठ २५, २०७६ शनिबार ७:१०:३० | एजेन्सी
unn.prixa.net

अर्को वर्ष पर्यटकहरु नासाको अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा जान सक्ने भएका छन् । यसका लागि उनीहरुले एक रातको ३५ हजार अमेरिकी डलर खर्च गर्नु पर्ने हुन्छ ।

अमेरिकी अन्तरिक्ष एजेन्सीका अनुसार उसले अन्तरिक्ष स्पेस स्टेसन पर्यटन तथा व्यापारिक प्रयोजनका लागि उपयोग गर्न थालेको हो । अन्तर्राष्ट्रिय स्पेस स्टेसनका उप–निर्देशक रोबिन ग्याटेन्सका अनुसार हरेक वर्ष कम अवधिका लागि दुई वटा निजी अन्तरिक्ष मिसन पठाइनेछ । यसको खर्च पनि निजी कम्पनीले नै व्यहोर्ने छन् । 

नासाका अनुसार निजी अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय स्पेस स्टेसनसम्म जानलाई ३० दिनको समय दिइनेछ । उनीहरु अमेरिकी स्पेसक्राफ्टबाट यात्रा गर्नेछन् । 
अन्तर्राष्ट्रिय स्पेस स्टेसन अन्तरिक्षको बाहिरी भागमा रहेको छ । यसबाट अन्तरिक्षसँग जोडिएका विषयमा अनुसन्धान गरिँदै आएको छ । 

यो स्पेस स्टेसन एक प्रकारले कृत्रिम उपग्रहजस्तै हो । जहाँ मानिस रहेका हुन्छन् र काम पनि गरिरहेका हुन्छन् । खोज तथा अनुसन्धानका लागि यसको व्यापक प्रयोग हुँदै आएको छ । 

नासाका अनुसार निजी कम्पनीले नै क्रू मा को–को रहने भन्ने कुराको तय गर्नेछन् । साथै अन्तरिक्ष यात्रीको अन्तरिक्ष उडानका लागि चाहिने तालिम तथा स्वास्थ्य सेवा पनि उसैले उपलब्ध गराउनेछ । हरेक वर्ष १२ जना निजी अन्तरिक्ष यात्रीलाई स्पेस स्टेसनमा लगिनेछ ।

नासाले यसका लागि दुई वटा कम्पनीलाई नियुक्त गरेको छ । एउटा एलन मस्कको स्पेस एक्स छ घने अर्को बोइङ ।  स्पेस एक्सले आफ्नो ड्रागन क्याप्सुलमार्फत यात्रीलाई अन्तरिक्षमा लैजानृछ भने बोइङले बोइङ स्टारलाइनर नामको स्पेसक्राफ्ट बनाइरहेको छ । यी कम्पनीले यात्रीसँग त्यति नै पैसा लिनेछ जति नासाले आफ्ना अन्तरिक्ष यात्रीसँग लिँदै आएको छ ।

पहिलो पर्यटक

यसभन्दा पहिले नासाले स्पेस स्टेसनलाई व्यावसायिक प्रयोग हुनबाट रोकेको थियो । नासाबाट गएका अन्तरिक्ष यात्री कुनै कम्पनीका लागि अनुसन्धानमा भाग लिन पाउँदैनथे । 

यो स्टेसनको मालिक नासा त होइन ।  रुससँग मिलेर अमेरिकाले सन् १९९८ मा यो स्टेसन बनाउन सुरु गरेको थियो ।  

सन् २००१ मा अमेरिकी व्यापारी डेनिस टिटो अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा जाने पहिलो पर्यटक थिए । उनले दुईतर्फी यात्राका लागि रुसलाई दुई करोड अमेरिकी डलर तिरेका थिए ।
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया