टिप्परको ठक्करबाट पत्रकार गेलाङ्गको ज्यान गयाे

 जेठ २९, २०७६ बुधबार १९:५९:२० | मुना हमाल
unn.prixa.net

सुर्खेत - टिप्परको ठक्करबाट बुधबार सुर्खेतमा एक जना पत्रकारको ज्यान गएकाे भएको छ ।

सुर्खेतबाट प्रकाशित हुने सुर्खेत पहिचान दैनिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिव समेत रहनु भएका पत्रकार नन्दबहादुर गेलाङ्गको टिप्परको ठक्करबाट ज्यान गएको हो ।

सुर्खेतको भेरीगंगा नगरपालिका–८, लोदेमा भेरीगंगाको छिन्चुदेखि गुर्भाकोट नगरपालिका मेहलकुनातर्फ जाँदै गर्दा गेलाङ्ग चढेकाे भे ८ प ७६०४ नम्बरको मोटरसाइकललाई रुकुम पश्चिमबाट आइरहेको बा ५ ख १६८३ नम्बरको टिप्परले ठक्कर दिएको थियो । 

मोटरसाइकललाई टिप्परले ठक्करदिएलगत्तै ट्रिप्पर चालकले ब्याक गरेर गेलाङ्गलाई किचेको र चालक फरार रहेको प्रहरीले जनाएको छ । 

नेपाल पत्रकार महासंघ सुर्खेत र कर्णाली प्रदेशले विज्ञप्ति जारी गर्दै त्रकार गेलाङ्गको मृत्युमा दुःख व्यक्त गर्नुका साथै दोषीमाथि कारबाही गर्न माग गरिएको छ । 
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया