सेप्टिक ट्याङ्की बनाउने क्रममा चार जनाको ज्यान गयो

 असार १४, २०७६ शनिबार २०:०:२० | सुमन तिमल्सिना

माेरङ - माेरङको सुनबर्सी नगरपालिका-९, मुस्लिम बस्तीमा रहेको मस्जिदको सेप्टिक ट्याङ्की निर्माण गर्ने क्रममा ४ जनाकाे ज्यान गएको छ ।

सेप्टिक ट्याङ्की बनाउँदै जाने क्रममा उनीहरु बेहोस भएर ढलेको प्रहरीले जनाएको छ । अक्सिजनको कमीको कारण चारै जना ढलेको अवस्थामा फेला परेका उनीहलाई तत्काल त्यहाँबाट निकालेर विराटनगर ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रही कार्यालय मोङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयाे ।

ज्यान गुमाउनेमा सुनबर्सी नगरपालिका वडा नम्बर ९ बस्ने ६० वर्षीय मोहम्मद कपिल आलम, १९ वर्षीय सहनवाद आलम, २२ वर्षीय मोहम्मद ओसिब आलम  र २५ वर्षका फिरोज आलमको रहेकाे डीएसपी श्रेष्ठले बताउनुभयाे ।     

अर्का एकजना दाउत मियाँको रंगेली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्याङ्की बनाउने काम भइरहेको अवस्थामा ढलेका अधिकांशको अक्सिजनको अभावको कारण ज्यान गएको हुनसक्ने डीएसपी श्रेष्ठले जानकारी दिए। यद्यपी मृत्युकाे कारण नखुलेकाे र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया