सुर्खेतमा  नेपाल टेलिकमको फाइबर टू होम सेवा

 असार १६, २०७६ सोमबार १८:२०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत –  नेपाल टेलिकमले सुर्खेतमा फाइबर टू होम सेवा (एफटीटीएच ) सुरु गरेको छ  ।

सोमबारदेखि टेलिकमले द्रुतगतिको इन्टरसेवा फाइबर टू होम सेवाको सुरु गरेको हो ।  टेलिकमले प्रदेश राजधानीको वीरेन्द्रनगरमा पहिलो पटक  फाइबर टू होम सेवा विस्तार गरेको हो ।

एउटै फाइबरबाट इन्टरनेट र टेलिफोनको सुविधा लिन सकिने नेपाल टेलिकमले जनाएको छ । इन्टरनेट र फोनको सुविधाका लागि वार्षिक ८ हजार रहेको छ । सुर्खेतको सबै ठाउँमा विस्तार गर्ने र एक वर्षपछि कर्णाली प्रदेशका सबै जिल्लामा विस्तार गर्ने टेलिकमले लक्ष्य लिएको  नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रबन्धक प्रकाशमान प्रधानले जानकारी दिनुभयो ।

नेपाल टेलिकमले एक वर्षको अवधिमा एक वर्षभित्र चार लाख लाइन विस्तार गर्ने लक्ष्य लिएको छ । उहाँले फोरजी सेवाको पाँच सय ५२ वटा लाइन आउँदो असोजदेखि सुरु गरिने जानकारी दिनुभयो ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले सेवाको उद्घाटन गर्दै यसले कर्णालीलाई डिजिटल गराउने अभियानमा सहयोग पुग्ने बताउनुभयो । उहाँले टेलिकमलाई प्रभावकारी बनाउन पनि आग्रह गनुभयो ।  
 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया