फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राममा आएको समस्या आठ घण्टापछि सुल्झियो

 असार १९, २०७६ बिहिबार ७:१२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप, म्यासेन्जर र इन्स्टटाग्राममा एकैसाथ प्राविधिक समस्या देखिएको छ । बुधबारदेखि नै यी सामाजिक सञ्जालमा एकैसाथ समस्या देखिएको प्रयोगकर्ताले गुनासो गरेका छन् । अहिले यो समस्या समाधान भएको फेसबुकले जनाएको छ ।

उत्तरपूर्वी अमेरिकाको टेक्सास र एटलान्टा, युरोपका पेरिस, लण्डन र मेक्सीको लगायतका क्षेत्रमा फेसबुकमा आएको प्राविधिक समस्याको प्रभाव देखिएको बीबीसीले जनाएको छ ।

यस्तै दक्षिण एसियाका देशहरु भारत, श्रीलंका र नेपालमा पनि यो समस्या देखा परेको थियो । 

फेसबुकमा समस्या आएको भन्दै प्रयोगकर्ताहरुले ट्विटरमा गुनासो पोखेका थिए । कसैको फेसबुक लग इन नभएको, कसैको म्यासेन्जर नचलेको, कसैको फेसबुकमा न्यूज फिडसमेत लोड नभइरहेको भन्दै उनीहरुले गुनासो गरेका थिए ।

यस्तै ह्वाट्सएपमा आएको समस्याका कारण दक्षिण अमेरिका, युरोपका जर्मनीलगायतका देश प्रभावित भएका खबरमा उल्लेख छ ।

प्राविधिक समस्याका कारण फेसबुकले आफ्ना प्रयोगकर्तासमक्ष तत्काल प्रतिक्रिया दिन सकेको छैन । तर कम्पनीले यो समस्याका बारेमा आफूलाई जानकारी भएको बताएको थियो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया