विश्वकप सेमिफाइनलमा पुग्न पाकिस्तानले बंगलादेशलाई ७ रनमै अलआउट गर्नुपर्ने

 असार २०, २०७६ शुक्रबार १९:१८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने चार टिमको टुंगो लागेको छ ।

शुक्रबार बंगलादेशविरुद्धको खेलमा पाकिस्तानले ठूलो योगफल बनाउन नसकेपछि अष्ट्रेलिया, भारत, इंग्ल्याण्ड र न्यूजिल्याण्डले सेमिफाइनलमा स्थान बनाएका छन् । 

टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले ४ सय रन बनाएर बंगलादेशलाई ३१६ रनले पराजित गर्न सकेको भए उसको सेमिफाइनलमा स्थान पक्का हुने थियो ।

तर टस जितेर पाकिस्तानले नौ विकेटको क्षतिमा ३ सय १५ रन मात्र बनाउन सक्यो । ३ सय १५ बनाएको पाकिस्तानले सेमिफाइनलमा पुग्नका लागि बंगलादेशलाई सात रन वा त्योभन्दा कम स्कोरमा रोक्नुपर्नेछ । तर यो असम्भव नै हो । 

पाकिस्तानका लागि इमाम उल हकले शतक बनाए भने बाबर आजम ९६ रनमा आउट भए । यसैगरी मोहम्मद हफीजले २७ रन बनाउँदा इमाद वसिमले ४३ रन जोडे ।

बंगलादेशका लागि मुस्तफिजुर रहमानले ५ तथा मोहम्मद सैफुद्दिनले ३ विकेट लिए । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया