विश्वकप क्रिकेट : लिग चरणकाे अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले हरायाे

 असार २१, २०७६ शनिबार ६:१३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकपअन्तर्गत लिग चरणको अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलाई हराएको छ । लर्ड्समा भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले हरायो ।

जितसँगै पाकिस्तानले नौ खेलमा ११ अंक बनाएको छ । तर रनरेटमा न्यूजिल्याण्डभन्दा निकै पछि परेका कारण पाकिस्तानको यो विश्वकप यात्रा समाप्त भयो । पाकिस्तानको रनरेट -०.४३ पुग्यो भने न्यूजिल्याण्डको रनरेट ०.१७५ छ ।

टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ५० ओभरमा नौ विकेट गुमाउँदै ३१५ रन बनाएको थियो । उसका लागि इमाम उल–हकले १०० रनको शतकीय योगदान दिए । यस्तै बाबर अजम ९६ रन बनाउँदा शतकबाट चार रनले चुके । इमाद वसिमले पनि ४३ रनको योगदान दिए । मोहम्मद हफीजले २७ रन बनाए ।

बलिङतर्फ मुस्ताफिजुर रहमानले पाँच विकेट लिए भने मोहम्मद सैफुद्धिनले तीन विकेट हात पारे ।

३१६ रनको लक्ष्य पछ्याएको बंगलादेश ४४.१ ओभरमा २२१ रनमा अलआउट भयो । शुक्रबारकाे खेलमा पनि शकिब अल हसनले उत्कृष्ट ब्याटिङ गरे । उनले सर्वाधिक ६४ रन बनाए । अन्य ब्याट्सम्यानले खराब प्रदर्शन गरे ।

बंगलादेशलाई हराउनका लागि शहिन शाह अफ्रिदीले ६ विकेट तथा शदाब खानले दुई विकेट लिए ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया