प्रदेश १ मा भारतबाट भित्रने फलफुल तथा तरकारीको विषादी परीक्षण गरिने

 असार २२, २०७६ आइतबार २०:२३:२२ | सुमन तिमल्सिना

माेरङ - प्रदेश १ सरकारले विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्याएको छ  ।

संघीय सरकारले विषादीको परीक्षण गरेर मात्र तरकारी तथा फलफुल भित्र्याउन दिने भनी गरेको निर्णय तत्काललाई कार्यान्वयन नगर्ने भरी सार्वजनिक भइरहेका बेला प्रदेश १ सरकारले प्रयोगशाला सञ्चालनमा ल्याएको हाे ।

काठमाण्डौबाट प्राविधिकसहितको टोली ल्याएर प्रदेश १ सरकार भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अगुवाइमा विराटनगरको रानीमा फलफुल तथा तरकारीको विषादी प्रयोगशाला सञ्चालनमा ल्याएको हो ।

तरकारी तथा फलफुलमा रहेको विषादीको अवशेष परीक्षण गर्न स्थापना भएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सोमबारदेखि सञ्चालनमा आउने मन्त्रालयले जनाएको छ । भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर बिष्टले प्रयोगशाला स्थापना भएसँगै अब विराटनगरबाट नै तरकारी र फलफुलको विषादी अjशेष द्रूत विश्लेषण प्रयोगशाला मार्फत मापन हुने बताउनुभयाे ।

प्रयोगशाला करिब २५ लाख रुपैयाँकाे लागतमा सञ्चालनमा ल्याइएको हाे । काठमाण्डौबाट आएका विशेषज्ञ प्राविधिकले प्रदेशका कर्मचारीलाई विषादी मापनको बारेमा जानकारी तथा प्रशिक्षण दिएर सोमबारदेखि नै यो प्रयोगशाला सुरु हुने बताएको छ ।

 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया