लगातारको वर्षाले विराटनगर जलमग्न, कोशी अञ्चल अस्पताल डुबानमा

 असार २६, २०७६ बिहिबार ९:१२:२ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – लगातारको वर्षाका कारण विराटनगरका धेरै ठाउँहरू जलमग्न भएका छन् । कतिपय ठाउँहरु डुबानमासमेत पर्न थालेका छन् । पानीको सतह बढेपछि विराटनगरको दक्षिणी क्षेत्रका केही बस्तीहरु डुबानमा परेका छन् भने बजार क्षेत्रमा पनि पानी जमेको छ । 

वर्षाका कारण कोशी अञ्चल अस्पताल डुबेको छ । सडककाे पानी अस्पताल भित्र पस्दा औषधि पसल सहित प्रशासनिक भवनमा समेत जलमग्न भएकाे छ । त्यस्तै इमरजेन्सी कक्षमासमेत पानी पस्ने अवस्था आएको कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रोशन पोखरेलले जानकारी दिनुभयो ।

केहीबेर पानी पर्यो भने इमरजेन्सी तथा प्रशासनिक भवनको कार्यकक्षमा नै पानी छिर्ने सक्ने  उहाँले बताउनुभयो ।  ढलको निकास ब्यविस्थत नबनाइ सडक अग्लो बनाइएकाले अस्पताल भित्र पानी पसेको हो । 

‘उपचारका लागि आएका बिरामी तथा अस्पतालका कर्मचारी जुत्ता खालेर अस्पताल भित्र पस्नु पर्ने अवस्था छ, डा. पोखरेलले भन्नुभयो ‘विराटनगर महानगरपालिकाले कुनै चासो दिएको छैन ।’

विराटनगरका तीन दिनदेखि लगातार वर्षा भैरहेको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया