फेसबुकलाई अहिलेसम्मकै ठूलो जरिवाना, ५ अर्ब डलर तिर्नुपर्ने

 साउन ९, २०७६ बिहिबार १०:२६:८ | एजेन्सी
unn.prixa.net

अमेरिकाले सामाजिक सञ्जाल फेसबुकलाई ५ अर्ब डलर जरिवाना तिराएको छ । फेसबुकले अहिलेसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नुपर्ने अमेरिकी अधिकारीले बताएका हुन् ।

अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी)का अनुसार फेसबुकको गोपनीयता व्यवस्थापन कमजोर भएकाले ५ अर्ब डलर जरिवाना गरिएको हो । 

यस्तै, फेसबुकले गोपनीयता हेर्ने एउटा स्वतन्त्र समिति पनि बनाउनु पर्नेछ र यसमा फेसबुकका संस्थापक तथा प्रमुख मार्क जुकर्बर्गको नियन्त्रण हुनु हुने छैन ।

एफटीसीले राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकाले ७ करोड ८० लाख फेसबुक प्रयोगकर्ताको डाटा प्राप्त गरेको आरोपको छानबिन गरेको थियो ।

कुनै पनि कम्पनीले प्रयोगकर्ताको गोपनीयता उल्लङ्घन गरेको आरोपमा ५ अर्ब डलर जरिवाना तिरेको पहिलो पटक हो ।

एफटीसीका अध्यक्ष जो सिमोन्सले गोपनीयताको उल्लङ्घनलाई कम गर्न र फेसबुकमा पूर्ण रूपले गोपनीय संस्कृति विकास गर्न ठूलो जरिवाना गरिएको बताएको बीबीसीले जनाएको छ ।

यस अघि गएको अक्टोबरमा क्याम्ब्रिज एनालिटिकाको डाटा विवादमा फेसबुकको भूमिकालाई लिएर बेलायतको डेटा संरक्षणबारे हेर्ने निकायले फेसबुकलाई ५ लाख पाउन्ड जरिवाना तिराएको थियो ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकले अब गोपनीयतामा ध्यान दिने प्रतिक्रिया दिएका छन् । उनले विगतका कमीकमजोरी पनि सच्याउँदै अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया