धनुषामा भ्यानले अटाे रिक्सालाई ठक्कर दिँदा ३ जनाकाे ज्यान गयाे

 साउन १२, २०७६ आइतबार १९:५४:५२ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - जनकपुर-ढल्केबर सडकखण्डमा यात्रु बाेकेकाे भ्यानले अटो रिक्सालाई ठक्कर दिँदा ३ जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

ज्यान जानेमा अटो रिक्सामा रहेका यात्रु धनुषाको रमेशपुर बस्ने ७२ वर्षका  रामदेव साह, सिरहा ईनरवाकी ५० वर्षीया रेखा यादव र अटो रिक्सा चालक २५ वर्षीय रोशन साह रहेका इलाका प्रहरी कार्यालय सखुवा, महेन्द्रनगरले जनाएको छ ।

दुवै यात्रुको घटनास्थलमै र चालकको रमदैयामा रहेकाे जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

तीव्र गतिमा जनकपुरतर्फ आउँदै गरेको ना १ ज ७०२२ नम्बरको भ्यानले आइतबार साँझ साढे ५ बजे क्षिरेश्वरनाथ नगरपालिका-१०, ढल्केबरतर्फ जाँदै गरेको ज १ ह ४८९६ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा दुर्घटना भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

दुर्घटनामा मृत्यु भएका तीनै जनाको शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सखुवा, महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दहालले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया