कालीगण्डकी गाउँपालिका अब ‘पेपरलेस’: ई–गभर्नेन्स सफ्टवेरबाटै सबै काम हुने

 साउन १८, २०७६ शनिबार २१:२:४४ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले कालीगण्डकी गाउँपालिकामा शनिबार ई–गभर्नेन्स सफ्ट्वेरकाे शुभारम्भ गर्नु भएको छ ।

गाउँपालिकाको सम्पूर्ण क्षेत्रभित्र हुने सबै कृयाकलापलाई कागजरहित बनाउने उदेद्दश्यसहित सफ्ट्वेर मार्फत काम गर्न सुरुवात गरिएको हो । आर्थिक वर्ष २०७५-७६ मा कार्यक्रम सञ्चालनका लागि १८ लाख रुपैयाँ विनियोजन गरेर वेब म्याक्स इन्जिनीयरिङ प्राइभेट लिमिटेड काठमाण्डौलाई सफ्ट्वेर र मोबाइल एप्लिकेशन निर्माणको जिम्मा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद खनालले जानकारी दिनुभयो ।

उहाँले प्रत्येक वडामा सफ्ट्वेर र मोबाइल एप्लिकेशनको सफल परीक्षण सम्पन्न गरेर कार्यक्रमको औपचारिक सुरुवात गरिएको बताउनु भयो । खनालले गाउँपालिकाभित्र हुने प्रशासनिक, शिक्षा, स्वास्थ्य, सुरक्षा, जिन्सीलगायतका कामको गतिविधिलाई कागजरहित बनाउने र जनतालाई सरल तरिकाले सेवा प्रवाह गर्ने उद्देश्यले यस्तो योजना बनाएको बताउनु भयो ।

‘गाँउपालिकाको विकास र समृद्धि डिजिटल मैत्री प्रविधि’ भन्ने नारा सहित शिक्षा, स्वास्थ्य र सुरक्षाका सम्वन्धमा सुझाव तथा निवेदन दिन, सम्बन्धित स्थानमा धाउन नपर्ने गरी मोबाइल एप्लिकेशन बनाइएको गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले जानकारी दिनुभयो । उहाँले गाउँपालिकाभित्रका प्रत्येक विद्यालयका एक-एक जना शिक्षक र कम्प्युटर अपरेटर, स्वास्थ्य इन्चार्ज, वडा सचिव गाउँपालिकाका कर्मचारी गरेर एक सय जनालाई ई–गभर्नेन्स सफ्ट्वेर सञ्चालन सम्बन्धी तालिम दिएर दक्ष बनाएको स्पष्ट पार्नुभयो ।

गाउँपालिकाका अनुसार गाउँपालिकाभित्रका प्रत्येक नागरिकले प्ले स्टोरबाट कालीगण्डकी एप्लिकेशन डाउनलोड गरी सम्बन्धित विषयमा उजुरी तथा सुझाव दिन सक्नेछन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया