चरी बाघकाे छालासहित दार्चुलाबाट सशस्त्र प्रहरी जवान पक्राउ

 साउन २५, २०७६ शनिबार १५:५८:५ | सीताराम ओझा
unn.prixa.net

कैलाली - दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर-३, तिमुरपाटाबाट चरी बाघको छालासहित सशस्त्र प्रहरीका एक जवान पक्राउ परेका छन् । 

शुक्रबार राति नियमित गस्तीमा खटेको प्रहरी टोलीले दुहुँगाउँपालिका–२ हिकिलाबाट खलंगा ल्याउँदै गरेको चरी बाघको छालासहित प्रहरी जवान दिपक सिंह बडाललाई पक्राउ गरेको हो । 

बडालको साथबाट झोलाभित्र लुकाएर ल्याउँदै गरेको ३९ इञ्च लम्बाइ र १० इञ्च चौडाइ भएको चरी बाघको छाला फेला पारिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रविन्द्र कठायतले जानकारी दिनुभयो । 

पक्राउ परेका बडाल सशस्त्र प्रहरी सुरक्षा गुल्म नम्बर ५० दार्चुलामा जवान पदमा कार्यरत छन् । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया