इलामको महेन्द्ररत्न क्याम्पस केन्द्र नजिकैबाट केही सामग्री बरामद
बैशाख १५, २०८१ शनिबार
धनुषा – जिल्ला अदालत महोत्तरीका नापी सर्वेक्षक १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला अदालतका नापी सर्वेक्षक मोहन यादव रहेका छन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले बुधबार साँझ जलेश्वरको खैराचोकबाट पक्राउ गरेको हो ।
सर्वेक्षक यादवले घर नक्सा अनुसार नभएको भन्दै विभिन्न बहाना बनाएर मुद्दा मिलाइदिन्छु भनी एक सेवाग्राहीबाट घुस लिँदै गर्दा आयोगको टोलीले पक्राउ गरेकाे हाे ।
यादवले घुस मागेपछि सेवाग्राहीले अख्तियारमा जानकारी गराएका थिए । यादवमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।