एप्पलको आईफोन ११ सिरिज: यस्ता छन् विशेषता

 भदौ २७, २०७६ शुक्रबार ९:६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

एप्पलले भर्खरै आईफोन ११ सिरिज सार्वजनिक गरेको छ ।

मंगलबार कम्पनीले अमेरिकामा रहेको आफ्नो मुख्यालयमा एक कार्यक्रमबीच तीनवटा स्मार्टफोन सार्वजनिक गरेको हो । यी तीन स्मार्टफोनलाई आईफोन ११, आईफोन ११ प्रो र आईफोन ११ प्रो म्याक्स नाम दिइएको छ ।

नयाँ आईफोनमा यसअघिको तुलनामा धेरै क्यामेरा रहेका कम्पनीले जनाएको छ ।

आईफोन ११ मा दुई ओटा क्यामेरा छन् । यसमा वाइड र टेलिफोटोका लागि लेन्सका साथै थप नाइट मोड रहेको छ, जसले थोरै प्रकाश भएको ठाउँमा पनि स्पष्ट फोटो खिच्न सकिन्छ ।

आईफोन एक्सआरको अपग्रेडेड भर्जन भनिएको यो स्मार्टफोनको ब्याट्री भने थप १ घण्टा बढी टिक्ने कम्पनीको दावी छ ।

आईफोन ११ प्रो र आईफोन ११ प्रो म्याक्समा तीनवटा क्यामेरा छन् । एप्पलको नयाँ आईओएस १३ प्लेटफर्ममा चल्ने यी फोनमा प्रो को डिस्प्ले ५ दशमलव ८ र प्रो म्याक्सको ६ दशमलव ५ इन्च छ । यी फोनमा पनि नाइट मोड रहेका छन्, जसले गर्दा रातिको समयमा वा थोरै प्रकाश भएको ठाउँमा फोटो र भिडियोकाे गुणस्तर राम्रो हुने कम्पनीले जनाएको छ ।

सार्वजनिक गरिएका तीन वटा मोडलमध्ये सबैभन्दा सस्तो मोडल आइफोन ११ रहेको छ जसको मूल्य ७ सय अमेरिकी डलर तोकिएको छ । यस्तै आइफोन ११ प्रो को मूल्य एक हजार डलर र आइफोन ११ प्रो म्याक्सको मूल्य ११ सय डलर तोकिएको छ ।
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया