खुल्याे 'नेपाल फिल्म क्याम्पस'

 भदौ ३०, २०७६ सोमबार १४:३१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चलचित्रसम्बन्धी अध्ययनका लागि ‘नेपाल फिल्म क्याम्पस’ सञ्चालनमा आएको छ । चलचित्रमा चार वर्षीय स्नातक अध्ययनका लागि आइतबारबाट क्याम्पस सञ्चालनमा आएको हो । 

त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरी यही शैक्षिक सत्रबाट चलचित्रमा स्नातकको अध्ययन सुरु गराउन लागेको क्याम्पसका प्रधानाध्यापक शिशिर उप्रेतीले बताउनुभयो । 

काठमाण्डौको बानेश्वरमा रहेको क्याम्पस प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा प्रधानाध्यापक उप्रेतीले क्याम्पसले फिल्म अध्ययनका लागि भर्ना सुरु गरेको र नेपाली मात्र नभइ दक्षिण भारतीय तथा विदेशी विधार्थीहरुलाई समेत लक्षित गरेर क्याम्पस सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।  

यस अघि फिल्म अध्ययनका लागि नेपालमा एउटा मात्र क्याम्पस भएकाले यस पटकदेखि आफूहरुले पनि सुविधा सम्पन्न फिल्म क्याम्पस सञ्चालनमा ल्याएको उप्रेतीले भन्नुभयो ।  

क्याम्पसले चलचित्र लेखन/निर्देशन, दृश्य सम्पादन, छायाँकन, अभिनय र ध्वनीसम्बन्धी पाँच विषयमा स्नातक गराउने छ । अरु क्याम्पसभन्दा थोरै शुल्क राखिएको र केही विधार्थीहरुलाई छात्रवृत्तिको पनि व्यवस्था गरिएको उप्रतीले बताउनुभयो ।  

प्रधानाध्यापक उप्रेतीका अनुसार क्याम्पसमा हलिउड, बलिउडसहित श्री लंका, भुटान र नेपालका फिल्म विज्ञहरुले पाँच विषयमा पढाउने छन् । नियमित र भिजिटर अध्यापक गरेर ६० जनाको भन्दा ठूलो टिम रहेको पनि उहाँले बताउनुभयो ।  

अग्रज छायाँकार मञ्जुकुमार श्रेष्ठले अन्तर्राष्ट्रियस्तरको फिल्म क्याम्पस नेपालमा स्थापना हुनु खुशीको खबर भएको बताउनुभयो । क्याम्पसले सिनेमाका दक्ष व्यक्तिहरु नेपाली चलचित्र उद्योगको लागि उत्पादन गर्ने उहाँको विश्वास छ । 

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले गुणस्तरीय चलचित्र शिक्षाका लागि स्थापना भएको क्याम्पसले नेपाली चलचित्र उद्योगको विकासमा टेवा पुर्‍याउने विश्वास आफूले लिएको बताउनुभयो । ‘सैद्धान्तिकसँगै प्राविधिकरुपमा दक्ष विद्यार्थी क्याम्पसले जन्माउने र उनीहरुले राम्रो चलचित्र निर्माण गरेर अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनेछन्’, भट्टराईले भन्नुभयो । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • sukrant Dahal

    Sept. 17, 2019, 8:21 p.m.

    यो फिल्म क्याम्पस कता छ ? पुरा ठेगाना इमेल गरिदिनुहोला /

  •  0 Reply

तपाईको प्रतिक्रिया