तिम्बुङ क्षेत्रमा सीसी क्यामेराको निगरानी : अवैध जडिबुटी निकासी घट्यो

 असोज १, २०७६ बुधबार १३:३:५४ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथर र  ताप्लेजुङ जिल्लाको सीमावर्ती क्षेत्र तिम्बुङ पोखरी आसपासमा पाइने जडिबुटी सीसी क्यामेराको निगरानीमा राखिएको छ ।

छिमेकी राष्ट्र भारतसँग सीमा जोडिएको यस क्षेत्रलाई बहुमूल्य जडिबुटीको राजधानीको रुपमा लिइन्छ । यी क्षेत्रका जडिबुटीको चोरी, निकासी बढेपछि सीसी क्यामेरा जडान गरिएको हो ।

सीसी क्यामेरा जडान गरेपछि जडिबुटीको चोरी निकासीमा कमी आएको होमस्टे सञ्चालक खड्गबहादुर भण्डारीले बताउनुभयो । यस क्षेत्रमा रेडपाण्डा नेटवर्कसँगको सहकार्यमा काम गर्दै आएको हिमाली संरक्षण मञ्च ताप्लेजुङले सीसी क्यामेरा जडान गरेको हो । 

सीसी क्यामेरा जडानपछि चोरी, निकासीमा कमी आएको होमस्टे सञ्चालक भण्डारी भन्नुहुन्छ । 

यस क्षेत्रमा पदमचाल (केन्जो) सुनपाति, विखुमा, कुड्की, यार्सागुम्बा, पाँचऔले, पाखनवेद, माइकोपिला, लगायतका दुई सय बढी प्रकारका जडिबुटी पाइने स्थानीयहरु बताउँछन् । यस क्षेत्रका मुख्य पाँच स्थानमा सीसी क्यामेरा जडान गरिएको हिमाली संरक्षण मञ्च ताप्लेजुङले जनाएको छ ।

दुर्लभ रेडपाण्डाको निगरानीको लागि पनि समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम अन्र्तगत सीसी क्यामेरा जडान गरिएको हो । खुल्ला सीमाका कारण यसअघि यहाँबाट भारत र चीनतर्फ अवैधरुपमा जडिबुटी निकासी हुने गर्थ्याे । 

यस क्षेत्रमा हिमाली वन्यजन्तुसँगै विभिन्न प्रजातिका चौरी पनि पाइन्छ । र यहाँ पाइने महत्वपूर्ण जडिबुटीसँगै फलामखानी र सुनखानीको संरक्षण गर्नसके देशकै लागि ठूलो टेवा पुग्ने सरोकारवालाहरु बताउँछन् । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया