तपाईँको सिममा ‘फोरजी’ चल्छ कि चल्दैन ? यसरी टेलिकमले निःशुल्क परिवर्तन गरिदिन्छ

 असोज १३, २०७६ सोमबार १७:१९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल टेलिकमले आउँदो बुधबारदेखि देशका २६ वटा सहरमा चौथो पुस्ताको मोबाइल सेवा अर्थात ‘फोरजी’ सेवा सुरु गर्न लागेको छ ।

‘फोरजी’ सेवा चलाउनको लागि मोबाइल सेटसँगै सिमकार्ड पनि ‘फोरजी’लाई सपोर्ट गर्ने हुनुपर्नेछ । नेपाल टेलिकमले आफ्नो मोबाइलमा ‘फोरजी’ सेवा चल्छ कि चल्दैन जाँच गर्न र नचल्ने भएमा निःशुल्क परिवर्तन गर्न आग्रह गरेको छ । आफ्नो सिमकार्ड ‘फोरजी’ सेवा सपोर्ट गर्छ कि गर्दैन भन्ने जान्न स्टार ४४४ अनि ह्यास डायल गर्न टेलिकमले जनाएको छ ।

यदि फोर जी नचल्ने सिम भएमा नजिकैको टेलिकम अफिसमा गएर निःशुल्क फोरजी सिम लिन सकिनेछ ।

टेलिकमले पहिलो चरणमा बुधबारदेखि दमक, बिर्तामोड, धरान, विराटनगर, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौंडा, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढी, रुकुम, बाग्लुङ, महोत्तरी, रौतहट, सिरहा, बर्दिया, दाङ, धनकुटा, कैलाली, कपिलवस्तु, म्याग्दी, नवलपरासी, पाल्पा र पर्वतमा ‘फोरजी’ सेवा सुरु गर्दैछ ।

टेलिकमले अहिले काठमाण्डौ उपत्यका र पोखरामा ८ लाख ग्राहकलाई ‘फोरजी’ सेवा उपलब्ध गराइरहेको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Bhoj Raj Adhikari

    Oct. 1, 2019, 11:26 a.m.

    Please 4 g serviced

  •  0 Reply

तपाईको प्रतिक्रिया