आजदेखि २६ सहरमा टेलिकमको फोरजी, तपाईंको मोबाइलमा यसरी चलाउनुहोस् फोरजी

 असोज १५, २०७६ बुधबार ७:३०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल टेलिकमले बुधबारदेखि देशका विभिन्न २६ वटा सहरमा फोरजी सेवा सुरु गर्दैछ । देशैभर फोरजी सेवा विस्तार गर्ने परियोजनाअन्तर्गत पहिलो चरणमा बुधबारदेखि सेवा विस्तार गर्न लागेको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिनुभयो ।

टेलिकमले मुख्य सहरअन्तर्गत दमक, बिर्तामोड, धरान, विराटनगर, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौँडा, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढी सहरमा फोरजी सेवा सञ्चालनमा ल्याउने छ ।

त्यस्तै, साना सहरअन्तर्गत रुकुम, बागलुङ, महोत्तरी, रौतहट, सिरहा, बर्दिया, दाङ, धनकुटा, कैलाली, कपिलवस्तु, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत जिल्लाका सदरमुकाममा फोरजी सेवा सुरु हुने अधिकारीले जानकारी दिनुभयो ।

पहिलो चरणअन्तर्गत यी सहरमा फोरजी सेवा सुरु हुने भए पनि त्यसपछि लगातार नयाँ ठाउँमा परीक्षण र सेवा सञ्चालनको काम नियमित हुने उहाँले बताउनुभयो । ‘फोरजी’ सेवा चलाउनको लागि मोबाइल सेटसँगै सिमकार्ड पनि ‘फोरजी’लाई सपोर्ट गर्ने हुनुपर्नेछ ।

नेपाल टेलिकमले आफ्नो मोबाइलमा ‘फोरजी’ सेवा चल्छ कि चल्दैन जाँच गर्न र नचल्ने भएमा निःशुल्क परिवर्तन गर्न आग्रह गरेको छ । आफ्नो सिमकार्ड ‘फोरजी’ सेवा सपोर्ट गर्छ कि गर्दैन भन्ने जान्न स्टार ४४४ अनि ह्यास डायल गर्न टेलिकमले जनाएको छ ।

फोर जी नचल्ने सिम भएमा नजिकैको टेलिकम कार्यालयमा गएर निःशुल्क फोरजी सिम लिन सकिनेछ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Anil Adhikari

    Oct. 2, 2019, 6:35 p.m.

    यति चाडो 4G अझै केहि समय कूरेत 5Gनै आउथ्यो ।😊😆😃

  •  0 Reply
  •  0 Reply

तपाईको प्रतिक्रिया