कैदीबन्दीलाई दशैँ मनाउन नगरपालिकाले दियाे राँगा र खसी

 असोज १८, २०७६ शनिबार १३:२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – दिक्तेल-रुपाकोट-मझुवागढी नगरपालिकाले कैदीबन्दीलाई दशैँका लागि राँगा र खसी प्रदान गरेको छ । 

दशैँ मनाउनका लागि नगरपालिकाले जिल्ला कारागार शाखा दिक्तेलमा जेल जीवन बिताइरहेका कैदीबन्दीलाई २८ हजार रुपैयाँ बराबरको राँगा र खसी खरिद गरिदिएको हो । 

नगरपालिकका मेयर दिपनारायण रिजालले उपलब्ध गराउनुभएको रकमबाट राँगा र खसी खरिद गरेर कैदीबन्दीलाई दिइएको जिल्ला कारागार शाखाका प्रमुख चित्राखर आचार्यले जानकारी दिनुभयो । 

कारागारमा अहिले दुई आश्रित बालबालिकासहित एक सय नौ जना कैदीबन्दी छन् । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया