रामेछापमा पिङको विषयमा विवाद हुँदा खुकुरी हानाहान: ६ जना घाइते

 कात्तिक १३, २०७६ बुधबार १२:२७:२४ | दीपक भट्ट
unn.prixa.net

रामेछाप - गोकुलगंगा गाउँपालिका वडा नं–६, फर्पुमा मंगलबार राति स्थानीय युवाहरुबीच पिङको विषयमा भएको झगडाले उग्र रुप लिएपछि दुई पक्षबीच खुकुरी हानाहान भएको छ । 

घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा स्थानीय शुसिल तामाङ, धनबहादुर तामाङ, पदमबहादुर तामाङ, गोविन्दबहादुर तामाङ, सोमबहादुर गोलेलगायत रहेका छन् । घाइते ६ जनाकै जिल्ला सदरमुकाम मन्थलीमा रहेको रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

तिहार मनाउन घर आएका युवाहरुबीच मंगलबार दिउँसो पिङ खेल्ने क्रममा विवाद भएको थियो । दिउँसोकाे विषयलाई लिएर राति पनि विवाद बढेपछि युवाहरुबीच खुकुरी हानाहान भएको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चाडपर्वको समयमा फर्पु गाउँमा यसअघि पनि विभिन्न विवादका घटनाहरु भइरहने गर्दथे । 
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया