उपचुनावका लागि पाँचथरको फाल्गुनन्द गाउँपालिकामा आठ दलको उम्मेदवारी दर्ता

 कात्तिक २७, २०७६ बुधबार १८:०:९ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - आउँदाे मंसिर १४ गते हुने उपचुनावमा पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष पदका लागि आठ राजनैतिक दलले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट वीरबहादुर कुरुम्बाङ, नेपाली कांग्रेसका विर्जहाङ आङदेम्बे, समाजवादीकी विमला आङदेम्बे, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुसुहाङ चेम्जोङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जीतेन चेम्जोङ, राप्रपा संयुक्तका मोतिप्रसाद लिम्बू, मंगोल नेशनल अर्गनाइजेसनका उदय सुनुवार र राष्ट्रिय जनमुक्ति पार्टीका इच्छा चेम्जोङले उम्मेदवारी दर्ता गराएका हुन् ।

फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष ७७ वर्षीय अमरकुमार नेम्बाडकाे गएकाे माघ अन्तिम साता हृदयाघातका कारण मृत्यु भएपछि रिक्त रहेकाे पदका लागि विभिन्न आठ दलका उम्मेदवारहरुकाे मनाेनयन दर्ता भएकाे हाे । 

१६ हजार ५सय ७७ जना मतदाता रहेका फाल्गुनन्द गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालयले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको थियो । दलहरुको उम्मेदवारी मनोनयन दर्ताका क्रममा सांस्कृतिक झाँकीसहितको र्‍याली निकालेका थिए । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया