यूएईबाट घरमा पैसा पठाउँदा चार नेपालीले जिते नगद उपहार

 मंसिर ३, २०७६ मंगलबार १२:३७:३१ | उमाकान्त पाण्डे

यूएई – आइएमई दशैँ तिहार तथा छठ पर्वमा `डबलको डबल रकम´ योजना अन्तर्गत यूएईमा कार्यरत चार जना नेपालीले उपहार जितेका छन् ।

योजना अन्तर्गत दोस्रो महिनामा ४६ हजार रुपैयाँ पठाएका चितवनका जनक कार्कीले पठाएको रकमको चार गुणा १ लाख ८३ हजार ७ सय ७२ रुपैँया उपहार जित्नुभएको छ ।

अल अन्सारी एक्सचेन्जको सारजाह शाखाबाट आईएमई गरी २५ हजार रुपैयाँ नेपाल पठाउदा कपिलवस्तुका दासुराम थारुले पठाएको रकमको डबल (दुई गुणा) ५० हजार रुपैयाँ जित्नुभएको आईएमईका यूएई प्रमुख उत्तम बस्नेतले जानकारी दिनुभयो । दुवैले जितेको रकम नेपालमा रहेका परिवारलाई हस्तान्तरण गरिएको छ।

यसअघि सेप्टेम्बर महिनाको पहिलो र दोस्रो हप्ता पनि नेपाल पैसा पठाउँदा यूएईमा कार्यरत सुनसरीका महेश आले र स्याङ्जाका विजयी नेपाली बिजेता बन्नुभएको थियो ।

आईएमईको यो योजनामा हरेक हप्ता विश्वभरका दुई जना नेपाली बिजेता छानिएको थियो । यो योजनामा यूएईबाट चार जनाले उपहार पाएका हुन् । २ जना अल अहलिया एक्स्चेन्ज र २ जना अलअन्सारी एक्स्चेन्जबाट रकम पठाउने नेपाली बिजेता बनेका हुन् ।

आईएमईको दशैं–तिहार तथा छठ पर्वको डबलको डबल उपहार योजना सेप्टेम्बर १ देखि नोभेम्बर १६ सम्म चलेको थियो ।

योजना अवधिभर हप्तामा २ जनालाई आइएमई गरिएको रकमको डबल (दुई गुणा), मासिक २ जनालाई आईएमई गरिएको रकमको (चौगुणा) बढी तथा बम्पर योजनामा सहभागी मध्येको एकजनाले आइएमई गरिएको रकमको ८ गुणासम्म रकम पाउने आईएमईका अधिकृत ईश्वर अधिकारीले बताउनुभयो ।

योजनाको बम्पर मेघा लक्की ड्र छिट्टै सार्वजनिक गरिने आईएमईले जनाएको छ । बम्परमा एक जना भाग्यशाली सेवाग्राहीले पठाएको रकमको डबलको डबलको डबल अथवा पठाएको रकमको आठगुणा रकम जित्नेछन् ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया