नेपालगञ्ज विमानस्थलकाे स्तराेन्नति हुनेमा ढुक्क हुन मन्त्री भट्टराईकाे आग्रह

 मंसिर ७, २०७६ शनिबार १९:९:२९ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले नेपालगञ्ज विमानस्थलको स्तराेन्नति हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको छ ।

नेपालगञ्जमा शनिबार विभिन्न कार्यक्रममा सहभागी हुनुभएका मन्त्री भट्टराईले १५ अर्बको लागतमा ५ वर्षभित्र विमानस्थलकाे  विकास र विस्तार हुने बताउनुभएकाे हाे ।

मन्त्रालयको आयोजनामा भएको नेपालगञ्ज विमानस्थलको विस्तार र विकास विषयक अन्तरक्रियामा मन्त्री भट्टराईले नेपालगञ्जबाट भारतको नयाँ दिल्ली हवाईसेवा सञ्चालनका लागि भारतीय पक्षबाट हवाई मार्गको स्वीकृति नपाएका कारण ढिला भएको बताउनुभयो ।

मन्त्रालयले विभिन्न माध्यमबाट हवाईमार्गको स्वीकृतिका लागि प्रयास गरिरहेको बताउँदै मन्त्री भट्टराईले नेपालगञ्जबाट अन्य शहरमा हवाईसेवा सञ्चालन हुने बताउनुभयो ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले नेपालगञ्ज विमानस्थलको गुरुयोजना स्वीकृत भएको बताउँदै सोही योजना अनुसार काम सुरु भएको बताउनुभयो । 

नेपालगञ्ज उद्योग वाणिज्य संघको २८ औं वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै मन्त्री भट्टराईले समृद्ध नेपाल निर्माणका लागि निजी क्षेत्रबाट साथ र सहकार्य  सरकारले अपेक्षा गरेको बताउनुभयो । मन्त्री भट्टराईले नेपालगञ्जलाई कसैले पनि पछि पार्न नसक्ने बताउनुभयो ।

शनिबार नै नेपालगञ्जमा रहेकाे वाटरपार्कको निरीक्षण गर्दै मन्त्री भट्टराईले यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सहयोग गर्ने बताउनुभयो । यसैगरी उहाँले शनिबार नै बागेश्वरी मन्दिरमा सर्वसाधारणसँगै पुजाआजा गर्नुका साथै आन्तरिक पर्यटकलाई भ्रमणवर्षको लोगो अंकित टोपी लगाइदिएर स्वागत गर्नुभएकाे थियाे ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया