जुम्ला कालेखोलीमा रहेकाे एउटा घरमा भीषण आगलागी

 मंसिर ८, २०७६ आइतबार १४:२८:५६ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जुम्लाको कालेखोलीमा रहेकाे एउटा ३ तले घरमा भीषण आगलागी भएको छ ।

आइतबार मध्याह्न १२ बजेतिर आगलागी सुरु भएकाे र दमकल जाने बाटो नभएकाले पुरै घर जलेर नष्ट भएको छ । जलेको घर जुम्लाकाे चन्दननाथ नगरपालिका-२ का गोविन्द भण्डारीको भएको स्थानीय कर्ण भण्डारीले जानकारी दिनुभयो ।

आगलागी भइरहेको घरको अर्को तर्फबाट डोजरले बाटो बनाएर भर्खरै दमकल पुगेको छ भने नेपाली सेना, नेपाल प्रहरी र स्थानीय मिलेर उद्धार गरिरहेका छन् । आगलागी नियन्त्रणमा लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

मानवीय क्षति भएको जानकारी नभए पनि घरमा भएका सामानहरु सम्पूर्णरुपमा जलेर नष्ट भएका छन् । घरधनी जिल्लाबाहिर भएकाले क्षति विवरण आउन केही समय लाग्ने देखिन्छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया