लमजुङको मतदान केन्द्र नजिकै बम विस्फोट

 मंसिर १४, २०७६ शनिबार १२:५२:७ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - सुन्दरबजार नगरपालिका-२ को मतदान केन्द्रबाट १ सय ५० मिटर नजिकै टाइम बम विस्फोट भएको छ ।

मतदान केन्द्र महेन्द्र मन्दिर मावि नजिकै टाइम बम बिस्फोट भएको प्रहरीले जनाएको छ । लमजुङका प्रहरी नायब उपरीक्षक रबिन्द्रमान गुरुङका अनुसार बिहान ९ बजेर ५५ मिनेट जाँदा बम विस्फोट भएको हो ।

बम विस्फोट भए पनि कुनै क्षति नभएको प्रहरीले जनाएकाे छ ।

जिल्लामा थप क्षति हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी थप परिचालन गरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराईले बताउनुभयो ।

सुन्दरबजार नगरपालिका-२ मा ३ वटा मतदान केन्द्र र २ वटा मतदानस्थल रहेका छन भने कुल मतदाता संख्या २ हजार २ सय ९७ रहेकाे छ । वडाध्यक्ष पदका लागि भइरहेको उपचुनावमा ५ जना चुनावी मैदानमा प्रतिस्पर्धामा छन् ।

यहाँ नेकपा, नेपाली कांग्रेस, राप्रपा, मंगोल अर्गनाइजेसनका साथै स्वतन्त्र उमेद्वार रहेका छन् । स्थानीयहरु उत्साहपूर्वक रुपमा मतदानमा सरिक भएका छन् ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया