कास्की उपचुनाव : अहिलेसम्म २५ प्रतिशत मतदान, ४ ठाउँमा बम विस्फाेट

 मंसिर १४, २०७६ शनिबार १३:०:९ | सुमन गुरुङ
unn.prixa.net

कास्की - प्रनिधिसभा सदस्यका लागि कास्कीको क्षेत्र नम्बर २ मा भैरहेको उपचुनावमा अहिलेसम्म २५ प्रतिशत मत खसेको छ ।

जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रवक्ता रुद्र न्यौपानेले दिएको जानकारी अनुसार ११ बजेसम्म २५ प्रतिशत मत खसेको जानकारी दिनुभयो ।

पोखरामा उपचुनावका लागि बिहानै ७ बजेबाट मतदान सुरु भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने छ । कास्की क्षेत्र २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपचुनावका लागि लागि ३२ मतदानस्थलका ८२ केन्द्रमा मतदान चलिरहेको कास्कीका प्रमुख निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले जानकारी दिनुभयो ।

कास्की क्षेत्र  नम्बर २ मा १० स्वतन्त्रसहित २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । कास्की २ मा कुल ७१ हजार ८ सय ७१ मतदाता छन् ।

पोखरा महानगरपालिकाका विभिन्न ११ वटा वडामध्ये वडा ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ यस क्षेत्रमा पर्दछन् । उपचुनावको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

४ वटा मतदान केन्द्रनजिक बम विस्फोट

कास्कीको पोखरा महानगरपालिका नयाँबजार, बाघमारा र अर्मला र बाटुलेचाैरमा बम विस्फोट भएको छ ।

पोखरा महानगरपालिका ९ मा रहेको नवप्रभात माविमा मतदान भैरहेका बेला बम विस्फोट भएको हो ।

पोखरा महानगरपालिका ३३ को सरस्वती टीका मावि जिकै पनि बिहान बम विस्फोट भएको थियो । त्यसैगरी बिहान वडा नम्बर १६ मा रहेको शान्ति मावि मतदान केन्द्रनजिकै बम विस्फोट भएको थियो । केही बेरअघि बाटुलेचाैरकाे चण्डिका प्रावि मतदान केन्द्रनजिकै बम विस्फाेट भएकाे हाे ।

बम विस्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन । बम विस्फोट हुँदा केही बेर रोकिएको मतदान कार्य पुन: सुरु भएको छ । विस्फोटपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया