थबाङ १ मा न्यून मतदान : २०९ मत खस्याे !

 मंसिर १४, २०७६ शनिबार १७:४४:१० | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – रोल्पाको थबाङ गाउँपालिका-१ को वडाध्यक्षका लागि भएको उपचुनावमा न्यून मतदान भएको छ ।

जम्मा १ हजार २ सय ७४ जना मतदाता रहेको वडा नम्बर १ को अध्यक्षको चुनावमा २ सय ९ जनाले मात्र मतदान गरेको मुख्य निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिशतको हिसावले यो १७ प्रतिशत भन्दा पनि कम रहेको ज्ञवालीले बताउनुभयो । मतगणना बेलुका साढे ६ बजेबाट सुरु गर्ने तयारी गरिएको छ । थबाङमा विप्लव समूहको प्रभाव रहेकाले पनि न्यून मत खसेको आशंका गरिएको छ ।

यस वडामा यसअघि विप्लवकै कार्यकर्ताले स्वतन्त्रबाट चुनाव जितेका थिए । वडाध्यक्ष फर्कबहादुर बुढाको गएको असारमा निधन भएपछि उपचुनाव भएको हो ।

वडाध्यक्षका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट जनक बुढा र नेपाली कांग्रेसबाट कलम रोकाको उम्मेदवारी रहेको छ । स्वतन्त्रबाट भद्रकुमार झाँक्रीले उम्मेदवारी दिए पनि सहमति हुन नसकेको भन्दै उम्मेदवारी फिर्ता लिनुभएको थियो ।

वडा सदस्यबाट राजीनामा दिएर उम्मेदवारी दिएका झाँक्रीले उम्मेदवारी फिर्ता लिएसँगै अन्य सबै वडा सदस्यले पनि राजीनामा दिएका छन् । स्वतन्त्रबाट उम्मेदवारी फिर्ता भएपछि न्यून मतदान भएको हो ।

- यसअघि थबाङ १ हुनुपर्नेमा थबाङ २ हुन पुगेकाेमा सच्याएका छाैँ । - सम्पादक

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया