पाँचथरको फाल्गुनन्दमा ६६ प्रतिशत मत खस्यो, मतगणना भोलिदेखि मात्र हुने

 मंसिर १४, २०७६ शनिबार २०:४४:११ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर -  जिल्लाको फाल्गुनन्द गाउँपालिकाको अध्यक्षका लागि शनिबार भएको उपचुनावमा ६६ प्रतिशत मत प्रारम्भिक अनुमान गरिएको छ ।

१६ हजार ५ सय ७७ जना मतदाता रहेको पालिकामा अनुमानित ६६ प्रतिशत मत खसेको निर्वाचन अधिकृत नवराज दुलालले वताउनुभयो । १३ मतदान स्थल र ३१ मतदान केन्द्र रहेको पालिकामा अहिले मत पेटिका संकलनको काम भैरहेको अधिकृत दुलालले बताउनुभयो । पालिकाको अध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । जिल्लाको तीन स्थानमा भएको उपचुनाव शान्तिपूर्वक सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले वताउनुभयो ।

यस्तै फिदिम नगरपालिका–१, मा ३ हजार ६ सय ७६ मतदाता रहेको वडामा २ हजार ५ सय ८२ जना मतदाता उपनिर्वाचनमा सहभागि भएका थिए । यो वडामा ७०.२३ प्रतिशत मत खसेको छ । यो वडाको अध्यक्षका लागि ७ जनाले उम्मेदवारी दिएका छन् ।

२ हजार ६ सय मतदाता रहेको हिलिहाङ–७, मा १ हजार ६ सय ९३ (६५.१२ प्रतिशत) मत खसेको छ । यहाँ ६ जनाले वडाध्यक्षका लागि उम्मेदवरी दिएका छन् ।

फिदिम नगरपालिका–१ र हिलिहाङ–७, मा राति साढे ८ वजेदेखि मतगणना सुरु गर्ने तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी मुरारी ओस्तीले जानकारी दिनुभयो । फाल्गुनन्द गाउपालकिाको भने आइतबार बिहान ७ वजेदेखि मतगणना सुरु गरिने निर्वाचन अधिकृत नवराज दुलालले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया