द्वन्द्वकालीन मुद्दा टुंग्याउन नेकपा र कांग्रेस सहमत

विधेयक संसदबाट पारित गर्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने सहमति

 माघ ४, २०७६ शनिबार १५:४९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी विधेयक अगाडि बढाउन सहमत भएका छन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा गएको पुस २८ गते सातै प्रदेशमा गरेको छलफलमा उठेका सुझावका आधारमा सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी विधेयकलाई अगाडि बढाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । 

सातै प्रदेशका द्वन्द्व पीडितका सुझावका आधारमा ऐन संशोधन गर्न विधेयक बनाउन कानुन मन्त्रालयलाई आग्रह गर्न दलहरू सहमत भएका हुन् । विधेयक संसदमा पेश गरेर पारित गर्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने नेताहरुबीच सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बताउनुभयो । 

६ वर्षअघि सर्वोच्च अदालतले पीडितमैत्री हुनेगरी ऐन संशोधन गर्न परमादेश दिएको थियो । यस्तै दलहरूबीच दुबै आयोगमा पदाधिकारी नियुक्तिबारे पनि सहमति जुटेको छ । पदाधिकारी सिफारिसका लागि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वमा गठित समितिले दिएका नाममा सहमति गर्न दलहरू सहमत भएका छन् । 

समितिको बैठक आज बस्दैछ । समितिले सिफारिस गरेका नाम मन्त्रिपरिषदले पारित गर्नुपर्ने हुन्छ । बिहान भएको छलफलमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवाका साथै नेकपाबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, नेकपा नेता खिमलाल देवकोटा तथा कांग्रेस केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी हुनुहुन्थ्यो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया