गर्भपतन गर्न बाध्य बनाएको आरोपमा गाउँपालिका अध्यक्षसहित सात जनाविरुद्ध उजुरी

 माघ २४, २०७६ शुक्रबार १८:१७:० | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – गर्भपतन गर्न बाध्य बनाएको भन्दै पाँचथरको कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङसहित सात जनाविरुद्ध उजुरी परेको छ । कुम्मायक-५ की १९ वर्षीया महिलाले जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दिनुभएकाे हाे । 

गर्भपतन गर्न बाध्य पारेको आरोपमा उजुरी परेकामध्ये तीन जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रोमनराज अर्यालले वताउनुभयो । गाउँपालिकाका अध्यक्ष चेम्जोङसहित आफ्नै श्रीमान र परिवारले धम्क्याएर २१ हप्ताको गर्भ फाल्न लगाएको उजुरीमा उल्लेख छ । 

गएको पुष २६ गते गर्भपतन गर्ने समर्पित अस्पतालले सरकारबाट गर्भपतन सेवाको अनुमति समेत नलिएको पाइएको छ । किटानी जाहेरीमा परेका सबैको खोजी भैरहेको प्रहरीले जनाएको छ । 

केही दिनअघि मात्रै विभिन्न सञ्चार माध्यममा समाचार आएपछि घटना सार्वजनिक भएको हो । गर्भपतन गराएको कुरा कसैलाई नभन्न पालिका अध्यक्षले धम्की दिएको युवतीले बताउनु भएकाे छ । अध्यक्ष चेम्जोङ भने बुधबार काम विशेषले विराटनगर जानुभएको र दुई दिन यतादेखि सम्पर्कविहीन भएको स्थानीय बताएका छन् । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया