भारतसँगको टेष्ट क्रिकेटमा न्युजिल्याण्ड १० विकेटले विजयी

 फागुन १२, २०७६ सोमबार ८:२९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतसँगको टेष्ट क्रिकेटमा न्युजिल्याण्ड १० विकेटले विजयी भएको छ ।

मात्रै ९ रनको लक्ष्य न्युजिल्याण्डले दोश्रो ओभरमै विनाविकेट भेट्टाउँदै न्युजिल्याण्ड विजयी भएको हो । पहिलो पालीमा १ सय ८३ रनले पछि परेको भारतलाई दोश्रो पालीमा १ सय ९१ रनमा अलआउट गरेपछि न्युजिल्याण्डले ९ रनको झिनो लक्ष्य पाएको थियो ।

दोश्रो पालीमा भारतका मयाँक अग्रवालले बनाएको ५८ रन सबैभन्दा धेरै भयो । न्युजिल्याण्डका टीम साउथीले ५ र ट्रेण्ट बोल्टले ४ विकेट लिए । न्युजिल्याण्ड भ्रमणमा रहेको भारतले थप एक टेष्ट क्रिकेट खेल्नेछ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया