कर्णाली प्रदेशका कृषकलाई ७ प्रतिशत ब्याज अनुदान दिइने

 फागुन १३, २०७६ मंगलबार ७:९:३१ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेश सरकारले कृषकलाई सात प्रतिशत ब्याज अनुदान दिने व्यवस्था गरेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले व्यावसायिक कृषि तथा पशुपंक्षी पालन व्यवसायको लागि ब्याज अनुदान कार्यक्रम कार्यविधि बनाएर कृषकहरुलाई एक करोडसम्मको ऋणमा सात प्रतिशत ब्याज अनुदान पाउने गरी व्यवस्था गरिएको छ । मन्त्रालयले चालु आर्थिक वर्षमा ब्याज अनुदान कार्यक्रम सञ्चालन गर्नका लागि तीन करोड बजेटको व्यवस्था गरेको छ । 

भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले ठूला कृषकहरुका लागि ब्याज अनुदान कार्यक्रम ल्याइएको बताउनुभयो । उहाँले नेपाल राष्ट्र बैंकसँग समन्वय गरेर कर्णालीका सबै बैंकबाट कृषकहरुले ऋण पाउने व्यवस्था गरिने जानकारी दिनुभयो । यस कार्यक्रम अन्तर्गत कृषकहरुले बैंकमार्फत पाँच वर्षसम्मका लागि एक करोडसम्मको ऋणमा सात प्रतिशत ब्याज अनुदान पाउनेछन् ।   

ब्याज अनुदान पाउनका लागि ऋण लिँदा फर्म तथा उद्योग दर्ता गरेको,  विस्तृत परियोजना प्रस्ताव पेस गर्नुपर्न छ । कार्यविधिका अनुसार र  सङ्घीय सरकारबाट त्यही व्यवसायको लागि ब्याज अनुदान पाएका कृषकले भने प्रदेश सरकारको ब्याज अनुदान पाउने छैनन् ।

मन्त्री केसीले प्रदेशमा विशेष अनुदान विपन्न कृषकहरुलाई दिने गरी कार्यक्रम सञ्चालन गरिएको पनि जानकारी दिनुभयो । अब प्रदेश सरकारले कृषकहरुलाई 'सप्ट लोन' को व्यवस्था गर्न मन्त्रालयले कानुन बनाइरहेकाे पनि उहाँले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया