कैलालीमा प्रथम सुदूरपश्चिम खाना महोत्सव सुरु

 फागुन १४, २०७६ बुधबार १८:८:३१ | सीताराम ओझा
unn.prixa.net

कैलाली - धनगढीमा प्रथम सुदूरपश्चिम खाना महोत्सव–२०७६काे पञ्चकन्याले नरसिंगाको धुनको साथमा ९ वटा दीप प्रज्वलन गरेर उद्घाटन भएको छ ।

होटल व्यवसायी संघ कैलालीको आयोजनामा ‘मौलिक परम्परा, संस्कृति र प्रकृति सुदूरपश्चिमको गहना पर्यटन प्रवर्द्धन गरी आर्थिक समृद्धि ल्याउने हाम्रो चाहना’ भन्ने नाराका साथ धनगढी उपमहानगरपालिकाकाे खुला मञ्चमा महोत्सव सुरु भएको हो । 

विभिन्न जातजातिका पञ्चकन्या, पञ्चेबाजा मध्येको एउटा सुदुरपश्चिमको मौलिक बाजा नरसिंगा र सुदूरपश्चिम प्रदेशका ९ जिल्लाको प्रतिनिधित्व गर्दै ९ वटा दीप प्रज्वलन गरेर खाना महोत्सवको उद्घाटन गरिएको हो ।

सुदूरपश्चिमका सम्पूर्ण जिल्लाहरुका परम्परागत खानाका परिकारहरु, यस क्षेत्रको विशेष महत्व बोकेको तथा प्रचलित खानाका परिकारहरु र विभिन्न समुदाय तथा जातजातिका खानाका परिकारहरुलाई उनीहरुकै भेषभूषा, संस्कार र संस्कृति झल्किने गरी खुवाउने गरिरहेको होटेल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले जानकारी दिनुभयो ।

‘सुदूरपश्चिम प्रदेशको सबै नौ जिल्लाका परम्परागत खानाका परिकार पस्किएका छौँ’, होटेल व्यवसायी संघका अध्यक्ष बमले भन्नुभयो,‘संस्कार र संस्कृति जोगाउनका लागि खाना महोत्सव सुरु गरेका हौँ । प्रदेशका स्थानीय समुदायका खानाका मीठा परिकारमा गतानी डुब्का, रोट, माणा, निसौसे, बाबर, बटुक, ढिक्री, अन्डीभात, भुबुरे लगायतका परिकारहरुको स्वाद दिइरहेका छौं ।’

महोत्सवमा २५ प्रदर्शनी स्टलहरुमा स्थानीय परिकारहरु राखिएका छन् । धनगढीमा बुधबारदेखि सुरु भएको ‘विश्व नेपाली साहित्य महोत्सव’सँगै खाना महोत्सवको आयोजना गरेर महोत्सवमा सुदूरपश्चिम प्रदेशको मौलिक खानाका परिकारले पाहुनाको स्वागत गरिरहेको आयोजकले जनाएको छ । 

फागुन २० गतेसम्म सञ्चालन हुने खाना महोत्सवमा हरेक दिन बेलुका स्थानीय तथा राष्ट्रिय कलाकारहरुको विविध सांस्कृतिक कार्यक्रमहरु पनि रहनेछन भने विभिन्न प्रतियोगिताहरु पनि आयोजना गरिनेछन् ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया