सुदूरपश्चिम भाषा, कला, साहित्य र संस्कृतिको उर्वरभूमि : राष्ट्रपति भण्डारी

 फागुन १४, २०७६ बुधबार २०:३:१६ | सीताराम ओझा
unn.prixa.net

कैलाली - राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम प्रदेश भाषा, कला, साहित्य र संस्कृतिको उर्वर भूमि भएको बताउनुभएको छ ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा धनगढीमा बुधबारदेखि सुरु भएको विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो ।

उहाँले सुदूरपश्चिम प्रदेशको भाषा, कला, साहित्य र संस्कृतिको पहिचान गराउँन जयपृथ्वी बहादुर सिंह र पहलमान सिंह स्वाँरको अहम भूमिका रहेकोसमेत बताउनुभयो । कार्यक्रममा  राष्ट्रपति भण्डारीले उहाँले भाषा, कला, साहित्य र संस्कृतिले मानिसलाई एक आपसमा जोड्न सहयोग पुग्ने दावी गर्नुभयो ।

पछिल्लो समय नेपाली भाषा विश्व भाषाका रुपमा विकास हुँदै गएका कारण यसको संरक्षण र प्रवर्द्धनमा विशेष जोड दिनुपर्ने भण्डारीकाे अभिव्यक्ति थियाे। 

विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन कार्यक्रममा साहित्यकार तथा शताब्दी पुरुष सत्यमोहन जोशीलाई एक लाख नगदसहित सम्मान गरिएको छ । त्यस्तै पूर्वप्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्रबहादुर चन्द, आरडी प्रकाश चटौत, बद्रिनाथ भण्डारी र तुलसीराम जोशीलाई पनि सम्मान गरिएको छ ।

फागुन २० गतेसम्म सञ्चालन हुने महोत्सवमा साहित्य, राजनीति, समसामयिकलगायत विभिन्न विषयहरुमा सत्रहरु हुनेछन् । १६ गते सम्म सुदूरपश्चिममा राष्ट्रपति भण्डारीले दार्चुलामा रहेकाे मालिकार्जुनको दर्शन, मालिकार्जुन माविको निरिक्षण, बैतडीको त्रिपुरासुन्दरी भगवतीको दर्शन, बैतडीको पाटनमा रहेको प्राविधिक शिक्षालयको भवन उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै डडेल्धुरामा रहेकाे उग्रतारा मन्दिरको दर्शन र कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया