एसीसी इस्टर्न रिजन टी–२० : नेपाल-मलेसिया ‘हेड टु हेड’

 फागुन १७, २०७६ शनिबार ८:५५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  थाइल्याण्डमा आजदेखि एसीसी इस्टर्न रिजन टी–२० प्रतियोगिता सुरु हुँदैछ । उद्घाटन खेलमा थाइल्याण्ड र सिंगापुर प्रतिष्पर्धा गर्दैछन् भने आजै हुने दोस्रो खेलमा नेपाल र मलेसियाबीच खेल हुनेछ।

यो खेल नेपाली समय अनुशार दिउँसो सवा १२ बजे हुनेछ ।

प्रतियोगितामा नेपाल, मलेसिया, थाइल्याण्ड, सिंगापुर र हङ्कङ् सहभागी छन् ।

नेपाल - मलेसिया हेड टु हेड

मलेसिया नेपालको पुरानो प्रतिद्वन्द्वी हो । टी–२० मा नेपाल र मलेसिया १३ वर्षअघि पहिलो पटक प्रतिस्पर्धा गरेका थिए । सन् २००७ मा भएको एसीसी टी–२० मा नेपाल २१ रनले विजयी भएको थियो । त्यसको दुई वर्षपछि भएको त्यही प्रतियोगितामा मलेसिया ६ विकेटले विजयी भयो ।

सन् २०१३ मा नेपालमा भएको संस्करणमा घरेलु टिम १९ रनले विजयी भएको थियो भने सन् २०१८ मा नेपाल आठ विकेटले विजयी भएको थियो ।

पछिल्लो तीन खेलमा भने नेपालले सबै खेल जितेको छ ।

गएकाे साउनमा भएको मलेसिया भ्रमण अन्तर्गत दुई खेलकाे टी–२० सिरिजमा नेपालले घरेलु टिमलाई हराएको थियो । पहिलो खेलमा नेपालले मलेसियालाई सात विकेटले हराएको थियो भने दोस्रो खेलमा नेपाल ६ रनले विजयी भएको थियो ।

त्यसको लगत्तै भएको टी–२० विश्वकपका लागि एसियाली छनोट प्रतियोगितामा पनि नेपालले मलेसियालाई ८३ रनमा अल आउट गर्दै सात विकेटको जित निकालेको थियो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया