आमाबुवाको हत्यापछि जीवितै भेटिएकी शिशुको स्वास्थ्य जटिल बन्दै

 फागुन १७, २०७६ शनिबार १६:११:४८ | सीताराम ओझा
unn.prixa.net

धनगढी - बिहीबार दिउँसो कञ्चनपुरमा आमाबुबाको हत्यापछि जीवितै भेटिएकी शिशुको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । बेहोस भएपछि शुक्रबार रातिदेखि धनगढीमा रहेको माया मेट्रो अस्पतालमा ७ महिने शिशुको आइसियुमा राखेर उपचार भैरहेको छ । 

आमाबुबाको हत्यापछि शिशुलाई मावलीको जिम्मा लगाइएको थियो । आमाबुवाको हत्यापछि बिचल्लीमा परेकी शिशुको उपचारमा लाग्ने सम्पूर्ण खर्च अस्पतालले बेहोर्ने अस्पतालका अध्यक्ष धीरेन्द्र साउदले बताउनुभयो । 

अस्पतालका बालरोग विशेषज्ञ डाक्टर मोहन साउदले बच्चाको टाउकोमा गम्भीर चोट लागेकोले अवस्था अत्यन्तै नाजुक रहेको बताउनुभयो ।

डाक्टर साउदले बच्चाको उपचारमा अस्पतालले विशेष ध्यान दिइरहेको जानकारी दिनुभयो । बच्चाको होस अझै आइनसकेको कारण केही भन्न नसकिने अवस्था रहेको अस्पतालले जनाएको छ । 

बिहीबार कञ्चनपुरका जयलाल भण्डारी र उनकी २२ वर्षीया श्रीमती धानादेवी भण्डारी दिउँसो आफ्नै घरमा विभत्स हत्या गरेको अवस्थामा फेला परेका थिए । 

उनीहरुको हत्या कसले गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया