कोरोनाविरुद्धको लडाइँमा सरकारलाई पूर्ण सहयोग गर्ने कांग्रेसको प्रति‍बद्धता

 चैत ८, २०७६ शनिबार १५:१३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठाण्डौ - नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको लडाइँमा सरकारसँगै रहेको जनाएको छ । 

कांग्रेसले कोराेना भाइरसविरुद्ध सरकारले अघि सारेका रणनीतिहरुको पालना गर्ने प्रतिबद्धता जनाउँदै यो अवस्थामा एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताएको छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना विरुद्धको लडाइँका लागि सरकार र प्रतिपक्ष नभनेर सबै एकजुट हुनुपर्ने बताउनुभयो । शर्माले पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरणका कामहरु समेत पार्टीले तत्कालका लागि स्थगित गरेको बताउनुभयाे । 

चैत ९ गतेदेखि चैत मसान्तसम्मका लागि सदस्यता वितरण र नवीकरणका कामहरु रोकिएको उहाँले बताउनुभयो ।

फागुन दोस्रो हप्ताबाट पार्टीका सांगठनिक कार्यक्रममा रोक लगाइएको उल्लेख गर्दै शर्माले कोरोनासम्बन्धी सचेतना अभियानमा सक्रियताका लागि पार्टी कार्यालय भने खुला रहने बताउनुभयो ।

सरकारले कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै चैत ९ गतेबाट २१ गतेसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने र १० गतेबाट लामो दूरीका यातायातका साधन बन्द गर्ने निर्णय गरिसकेको छ । 

त्यसैगरी चैत ९ देखि १८ गतेसम्म सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई सेवा समेत बन्द गर्ने निर्णय पनि गरिएकाे छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया