बूढीगण्डकी जलविद्युत् : सरकारले अधिग्रहण गरेको जग्गाको लालपूर्ज...
जेठ ५, २०८१ शनिबार
रुकुम पश्चिम – कोरोना भाइरस (काेभिड १९) सङ्क्रमित बिरामीको उपचारका लागि रुकुम पश्चिमको चौरजहारीमा अस्थायी अस्पताल निर्माण गरिएको छ ।
कर्णाली प्रदेश सरकारको सहयोगमा चौरजहारी अस्पतालले उक्त अस्पतालको तयारी पूरा गरेको हाे । अस्पतालले चौरजहारी नगरपालिका–२ मा रहेकाे शीतल माध्यमिक विद्यालयमा र चौरजहारी अस्पतालमा कोरोना अस्थायी अस्पताल निर्माण गरेको हो।
१५ देखि २० जना बिरामीहरुको उपचार गराउन सकिने गरी विद्यालयमा र जटिल अवस्था भएका बिरामीहरुका लागि चौरजहारी अस्पतालमा ४ शय्याकाे आइसोलेसन वार्ड तयार गरेको अस्पतालका प्रशासकीय प्रमुख डिलबहादुर गिरीले बताउनुभयो ।
उहाँका अनुसार, आइसोलेसनका लागि आवश्यक केही उपकरण प्रदेश सरकारबाट प्राप्त भएको र केही जुटाउने काम भैरहेको छ ।
तत्कालका लागि केही सामाग्री व्यवस्थापन गरिए पनि अस्पतालसँग कोरोना जाँचको लागि आवश्यक किट र उपकरण भने छैन । आइसोलेश अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । याे रकम प्रर्याप्त नभएता पनि आफ्नाे तर्फबाट व्यवस्थापन गर्न आफू लागिपरेकाे अस्पतालले जनाएको छ ।
अस्पतालले छुट्टै आइसोलेशन् भवन र स्वास्थ्यकर्मीहरु तयार गरेको जनाएको छ । विशेष अस्पतालमा खटिएका स्वास्थ्यकर्मीले पनि १४ दिन क्वरेन्टीनमा बस्नुपर्ने प्रशासक गिरीले बताउनुभयो ।
चौरजहारी नगरपालिका र चौरजहारी अस्पतालले कोरोना भाइरसबाट बच्नको लागि आफ्नो नगर क्षेत्रमा विभिन्न जनचेतनामूलक कार्यक्रम तथा प्रचार गर्दै आएको छ । गाउँ–गाउँमा प्रचा पप्पलेट बाँड्नुका साथै माइकिङ गर्ने काम भएकाे छ ।
यस्तै चौरजहारी नगरपालिकाले यस अघि नै क्वरेन्टीन निर्माण गरी सञ्चालन गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।