पैदलै घर गइरहेकालाई सरकारले सुरक्षित रुपमा गन्तव्यसम्म पुर्‍याइदेओस् : कांग्रेस

 बैशाख ५, २०७७ शुक्रबार १२:२१:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसले लकडाउनका कारण घर जान पैदलै हिँड्न बाध्य भएका नागरिकलाई सुरक्षित तरिकाले गन्तव्यसम्म पुर्‍याउन सरकारसँग माग गरेको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निकालेको विज्ञप्तिमा सात दिनको लकडाउन लम्बिएर महिना दिन पुग्न लाग्दा आर्थिक रुपले लामो समय टिक्न सक्ने स्थिति नरहेका नागरिकलाई पर्याप्त राहत र अप्ठ्यारोमा रहेकालाई सुरक्षित ढङ्गले गाउँ पुर्‍याउने प्रबन्ध मिलाउन नेपाल सरकारसमक्ष आग्रह गरिएको छ ।

गाउँमा रहेका नागरिकको स्थिति पनि कष्टकर बन्दै गएका बेला सरकारको प्राथमिकता सुकुम्बासीलाई जग्गा कि जाउलो ? विज्ञप्तिमा प्रश्न गरिएको छ । आयोगलाई अरबौँ रुपैयाँ छुट्याउन सक्ने सरकारले सुकुम्बासी, श्रमिक, बेरोजगार एवं डेरामा बसेका विद्यार्थीका लागि पर्याप्त राहतको व्यवस्थित योजना निर्माण र कार्यान्वयन गर्न नसकेको कांग्रेसको दाबी छ ।


कोरोनाबाट जोगाउन व्यापक परीक्षण तथा भोकमरीबाट जोगाउन पर्याप्त राहत आवश्यक रहेको भन्दै विज्ञप्तिमा सरकारले जिम्मेवारी एवं जवाफदेहीताको गति बढाउन नसके नेपालमा भयावह स्थिति उत्पन्न हुन सक्ने चेतावनी पनि दिइएको छ ।

‘अहिलेको समय भावनामा बगेर बोल्ने बेला होइन, तर कोठाभित्र छट्पटिएर र सडकमा तड्पिएर नागरिकको मृत्यु भएको दृश्य मौनतापूर्वक प्रतिक्षा गर्ने समय पनि होइन’, विज्ञप्तिमा भनिएको छ, ‘अघिल्तिरको स्थिति देखिन्छ भने देख्नुपर्‍याे, सुनिन्छ भने सुन्नुपर्‍याे, बुझिन्छ भने बुझ्नुपर्‍याे सरकार ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया