नेपाली श्रमिकको स्वास्थ्य सुरक्षाका लागि राजदूतहरु सहकार्य गरेर अघि बढ्ने

 बैशाख ११, २०७७ बिहिबार १२:२६:१२ | उज्यालो सहकर्मी

काठमाण्डौ – खाडीका देश र मलेसियाका लागि नेपाली राजदूतहरुले यी क्षेत्रमा कार्यरत नेपाली श्रमिकको स्वास्थ्य सुरक्षाका लागि सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार खाडीका देश, मलेसिया र पाकिस्तानका लागि नेपाली राजदूतहरुले भिडियो कन्फ्रेन्समार्फत आफू रहेको देशको अनुभव साटासाट गर्दै यी देशमा कार्यरत नेपाली श्रमिकको स्वास्थ्य सुरक्षाका लागि सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

साथै कोरोनाका कारण यस क्षेत्रमा कार्यरत नेपाली श्रमिकलाई परेको प्रभाव र भावी कार्ययोजनाका विषयमा समेत राजदूतहरुले छलफल गरेका छन् ।

छलफलमा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल ,साउदीका लागि नेपाली राजदूत महेन्द्र सिंह राजपूत, इजिप्टका लागि नेपाली राजदूत झविन्द्र प्रसाद अर्याल, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास र कुवेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारी सहभागी हुनुुहन्थ्यो ।

यस्तै यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल, कतारका लागि नेपाली राजदूत डा.नारद नाथ, भारद्वाज इजराइलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य, पाकिस्तानका लागि नेपाली राजदूत सेवा लम्साल र मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले आफ्नो अनुभव साटासाट गर्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया