आरडीटीमा विश्वास गर्न सकिन्न, पीसीआर टेष्टको दायरा बढाउँ : नेपाली कांग्रेस

 बैशाख १४, २०७७ आइतबार २०:४१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आरडीटी परीक्षणमा मात्रै भर पर्न नसकिने बताएको छ ।

आरडीटी परीक्षणमाथि विश्वव्यापी प्रश्न उठिरहेका बेला यसको भर पर्न नसकिने भएकाले पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने कांग्रेसले बताएको हो । 

आइतबार पार्टी कार्यालय सानेपामा पार्टीका पूर्व स्वास्थ्यमन्त्री र चिकित्सकहरुसँगको छलफलपछि कांग्रेसले समुदायस्तरसम्म परीक्षणको दायरा बढाउनुपर्ने निष्कर्ष निकाल्दै यस्तो बताएको हो । 

छलफलपछि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले लकडाउनको समुचित उपयोग गर्न सरकार चुकेकाले आरडीटी परीक्षणको दायरा बढाउनुपर्ने निष्कर्ष छलफलले निकालेको बताउनुभयो । 

चिकित्सकहरुका लागि आवश्यक अति आवश्यक स्वास्थ्य सामग्रीहरु प्रयाप्त उपलब्ध गराउनुपर्ने, चिकित्सकहरुलाई हतोत्साहित गर्नुको सट्टा साथ दिनुपर्ने प्रवक्ता शर्माले बताउनुभयो । कोरोनाले मात्रै बिरामीको मृत्य नहुने भएकाले अन्य रोगका बिरामीको स्वास्थ्य उपचारतर्फ पनि ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

छलफलमा सहभागी चिकित्सक डा. केदार नरसिंह केसीले कोरोना नियन्त्रणमा सरकार पूर्ण रुपमा असफल भएको बताउनुभयो ।कोरोनाको जोखिम सामना गर्ने क्रममा भएका प्रगति, कमजोरी, सरकारले गरेका काम र गर्न नसकेका कामका विषयमा छलफल गर्न पार्टी पदाधिकारी, पूर्व स्वास्थ्यमन्त्री र स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल गरिएको हो ।

 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया